•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । माघ १२ गते
पुलको उद्घटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै हुनुहुन्छ । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र नेकपाको ओली समूहले लालमटीयामा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बिहान दाङ जान लागेका हुन्।त्यसपछि लालमटीयामा हुने आफूपक्षीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गरेको पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लाग्नु भएको हो ।

यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि आइतबार नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो। उक्त समूहले आज पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। ओलीले आज बिहान ११ बजे देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने पक्की पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।चार वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुलको शिलान्यास गरेका थिए। झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ।