•  
  •  
  •  
  •  
  •  
  •  


काठमाडौ. । माघ १२ गते
हाल भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा एकै दिन १२ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ६ लाख ६८ हजार ३५६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा १ सय २७ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५३ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या १ लाख ८६ हजार ११५ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् । त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् ।

जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ५७ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख ३५ हजार १८२जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख २९ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८४४ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या ९ करोढ ९७ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २१ लाख ३८ हजार ९६५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।