•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ. । माघ १२ गते
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुका विषयमा सरकारले गरेको निर्णयप्रति कटाक्ष गर्नु भएको छ ।

उहाँले आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सबै जनआन्दोलन तथा जनयुद्धका सहिद र प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने सरकारको निर्णयलाई गोहीको आँसु भन्दै सरकारको निर्णयको आलोचना गर्नु भएको छ ।

आफ्नो कार्यकालमा सहिद र बेपत्ताहरुको हितमा भएका सबै निर्णय पछिल्ला सरकारहरुले रोकेकोप्रति पनि आपत्ति जनाउँदै अहिले ‘गोहीको आँसु’ चुहाउॅदै उधारो समिति गठन गरिएकोमा प्रश्न गर्नु भएको छ ।