•  
  •  
  •  
  • 0
  •  
  •  

काठमाडौं । माघ १२ गते
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा केन्द्रीय कमिटी सदस्य सूर्य थापाले आज सामाजिक सञ्जालमार्फत कडा कटाक्ष गर्नु भएको छ ।

माधव नेपालप्रति इंगित गर्दै एकीकृत पार्टीमा तेस्रो अध्यक्ष बन्न भन्दा नमानेको दावी गर्दै ‘तेल दिँदा नखाएको, तर कोल चाटेको’ भन्दै प्रेस सल्लाहकार थापाले व्यंग्यात्मक टिप्पणी गर्नु भएको छ । उहाँले पहिले दरबारको पश्चिम ढोकामा नेपालले स(भक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको र अहिले पनि स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा भएको उल्लेख गर्नु भएको छ ।