×

TUNGOON

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक,ठूलो जनप्रदर्शन आवश्यक भएको नेकपाका अध्यक्ष प्रचण्डको भनाई



काठमाडौं । माघ १२ गते
काठमाडौंमै केन्द्रीत हुने गरी ठूलो जनप्रदर्शन आवश्यक भएको र टाउकोमै हान्नुपर्ने भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले माघ ९ गतेको विरोधसभामा मध्येसबाट ठूलो सहभागिता भएको बताउँदै आगामी कार्यक्रममा पनि मधेशबाट ठूलो संख्यामा उपस्थित हुनुपर्ने धारणा राख्नु भएको हो । उहाँले माघ ९ गतेको विरोधसभामा तपाईँहरुलाई १० हजारलाइृ सहभाग िहुन आग्रह गरिए पनि १३ हजार जना सहभागी भएको स्मरण गर्नु भयो । प्रचण्डले केपी ओलीले चालेको प्रतिगमनको कदमलाई २हर हालतमा पराजित गर्ने बताए। उनले यसका बिरुद्ध आफू जीवनमरणको लडाइमा रहेको बताउनु भयो ।

प्रचण्डले काठमाडौंमा ९ गते भएको प्रदर्शनबारे समिक्षा गर्दै अझै ठुलो प्रदर्शन गर्नुपर्ने देखिएको बताए।ुकाठमाडौंमा अस्तिको भन्दा ठुलो जनप्रदर्शन गर्नुपर्ने भयो। त्यस्तै नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् ।

प्रचण्ड माधव पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा समेटेको छ । त्यस्तै माघ १६ गते १ बजे शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, त्यसैगरी विरोध प्रदर्शन र सभा माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगडी गर्ने भएको छ । प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ ।

यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले पछिल्लो पटक कुनैपनि पक्षका निर्णय अमान्य घोषणा गरेको प्रश्नमा आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गरे । उनले निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्छ भन्नेमा विश्वस्त रहेको भन्दै आयोगको पत्र हेरेर आवाश्यक निर्णय गर्ने पनि बताए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला