×

TUNGOON

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल



मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज घरमा अतिथीको आगमन हुनेछ भने श्रमको उचित मुल्याङ्कन हुनुका साथै न्यायिक कार्यमा सफलता मिल्नेछ र सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज विशिष्ट व्यक्तिको सहयोग मिल्ने छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईनुका साथै बौद्धिक विकास हुनेछ र दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नुका साथै रमणीय र सुखद् यात्राको योग रहेको छ भने कला,साहित्यमा रूचि बढ्नेछ र मंगल कार्यको योग छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो दैनिकी काममा ढीलासुस्ती हुनुका साथै नजिकैका व्यक्तिसंग असमझदारी बढ्न सक्छ, तर साँझमा आर्थिक लाभ भने मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफन्त तथा साथीभईसंग भेटघाट हुने र मन प्रसन्न रहने समय रहनुका साथै आर्थिक तथा शेयर बाजारबाट पनि राम्रै लाभ लिन सकिन्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज कार्य सम्पादनमा सहजता मिल्नुका साथै विश्वास गरेकाले साथ दिनेछन् भने व्यापार व्यबसायबाट आम्दानी हुनेछ र उपहार पाइने सम्भावनाछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज घरमा अतिथीको आगमन हुने योग रहेको छ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउला भने मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ र शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्नुका साथै राजनैतिक कार्यमा बाधा आउनेछ भने अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बन्धु–बान्धवबाट सहयोग मिल्नुका साथै साहित्यिक क्षेत्रमा रुची बढ्नुका साथै विद्या र बुद्धिको विकास हुनेछ र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कार्यको योजना बन्नेछ भने प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय रहेको छ र वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथै आफन्तले सहयोग गर्नेछन् ।

कुम्भ

गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ भने रमाइलो यात्रा पनि रहला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कला, साहित्य एवं संगीतमा रुचि बढ्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्नेछ भने नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ र दैनिक कार्यमा प्रगती हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला