×

TUNGOON

डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको सञ्चारमन्त्री पार्वत गुरुङको भनाई



काठमाडौं । माघ १३ गते
डिजिटल नेपाल फ्रेमवर्क’ मुलुकको रुपान्तरणकारी कार्ययोजना भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको भनाई । उक्त कार्ययोजनालाई सफल बनाउन दृढतापूर्वक सरकार लागेकाले यसलाई सहयोग गर्न सरोकारवाला निकायलाई मन्त्री गुरुङले आग्रह गर्नु भएको छ । डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित सरोकारवाला निकाय र सरकारबीच सहकार्य आवश्यक रहेको प्रवक्ता गुरुङले समेत स्पष्ट पार्नु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनु भयो । ‘एप’ सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको बताउँदै उनले यसको उपादेयताबारे पनि स्पष्ट हुनुपर्नेमा जोड दिनु भएको छ ।

उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको ‘रोष्टर’ बनाउने कार्यलाई अन्तिम चरणमा पुर्‍यायाएको पनि स्मरण गर्नु भयो । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला