×

TUNGOON

आज ६९औं अन्तरराष्ट्रिय भन्सार दिवस, भन्सार र सीमा नाकाका पूर्वाधार विकास गर्न निजीक्षेत्रको जोड, निर्वाचन लोकतन्त्रको प्राण भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई


काठमाडौं । माघ १३ गते
आज ६९औं अन्तरराष्ट्रिय भन्सार दिवस हो । हरेक वर्ष जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरीक उत्प्रेरणत्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाईन्छ ।

वर्षको अन्तरराष्ट्रिय भन्सार दिवसको नारा ‘दिगो आपूर्ति श्रृंखलाका लागि भन्सारको पुनरुत्थान, नवीकरण र दृढता’ रहेको छ । आज भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन लोकतन्त्रको प्राण भएको बताउनु भएको छ । अर्थमन्त्री पौडेलले लोकतन्त्र पक्षधरले निर्वाचनको विरोध नगर्ने भन्दै सबैजनालाई निर्वाचनमा लाग्न आग्रह समेत गर्नु भएको छ । उहाँले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताउँनु भएको छ । उहाँले भन्सार र सीमा नाकाका पूर्वाधार विकास गर्न निजीक्षेत्रको जोड दिइने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला