×

TUNGOON

नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको – प्रकाशमान सिंह



काठमाडौं । माघ १३ गते
सोमबार बालुवाटारमा शान्तिपूर्ण विरोध गर्नेहरुमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कडा निन्दा गर्नु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी शर्मा ओेली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको उल्लेख गर्नुृ भएको छ ।

नेता सिंहले लोकतन्त्रमा सबैले आफ्ना मत राख्न पाउने बताउँदै सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । ‘‘निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरुद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन ग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला