×

TUNGOON

सानु लिम्बु र सोमराज रावलको आवाजमा सजिएको लगाई दिउला सुनको बाला नामक गितको म्युजिक भिडियो बजारमा


काठमाडौं । माघ १४ गते
गायिका सानु लिम्बु र गायक सोमराज रावलको आवाजमा सजिएको “ लगाई दिउला सुनको बाला” नामक गितको म्युजिक भिडियो ओएसार डिजिटलमार्फत बजारमा आएको छ । उक्त गीतमा शब्द र संगीत गोबिन्द बुढाले भर्नु भएको छ भने म्युजिक भिडियो लाई गणेश राई र कमल योञ्जन तामाङ्गले निर्देशन गर्नु भएको छ ।

राहुल विश्वकर्माको एरेन्ज र भीम तामाङ्गको छयांकनमा बनेको म्युजिक भिडियोमा छमछमी सिजन ३ का बिजेता सरोज राना प्रजा,रनवे मोडल नेपाल २०१८ का बिजेता सन्तोष थापाको साथमा ओएसिस केसी लाई देख्न सकिन्छ । नेपाली सांगीतिक बजारको अत्याधिक गीतहरुमा पार्श्व आवाज दिनु भएकी सानु लिम्बुले यस गित मार्फत सांगीतिक बजारमा आफ्नो नव पहिचान स्थापित गर्न सफल हुने कुरामा विश्वस्त रहेको बताउनु हुन्छ ।

साथै हाँस्य कलाकार सोमराज रावल पनि यस गित मार्फत सांगीतिक बजारमा आफ्नो पहिचान स्थापित हुने कुरामा विश्वस्त देखिनुहुन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला