×

TUNGOON

कस्तो रहला आजको तपाईको दिन ? हेर्नुहोस राशिफल


काठमाडौं । माघ १५ गते
मेष
चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने लगनशीलताले कामहरु अगाडी बढ्नुका साथै मान प्रतिष्ठामा बृद्धि होला र धर्म,कर्ममा मन पनि लाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनुका साथै विद्याको विकास हुने योग रहेको छ भने सामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ भने नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ रआर्थिक कारोवारमा सफलता पाईएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ र नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ भने महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दबाब र तनाव बढेको महसुस हुनुका साथै प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ भने मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने शत्रुमाथि विजय प्राप्त हुनेछ र कलकारखाना र बन्दव्यापारमा फाइदा हुनुका साथै सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ भने कूटनीतिक नियोगको सहयोग मिल्ला र पुनर्मिलनको योग पनि रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनुका साथै छोटो दुरीको लाभदायक यात्रा हुनेछ भने मित्र वा आफन्तको सहयोग मिल्नेछ र तिर्थाटनको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज गरेका कार्यमा ढिलासुस्ती हुनुका साथै आफूलाई कमजोर भएको अनुभूति हुनेछ भने प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफन्तको प्रगतिमा मन रमाउने छ भने विचार, विद्या र बुद्धिको विकास हुनुका साथै व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज कला र गलाको प्रभाव बढ्नेछ भने सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ र भाग्यले विभिन्न अवसर जुराउनेछ, विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ भने बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ र साँझपख शुभ समाचार आउन सक्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला