×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
ठुला मान्छेको साथ पाईनुका साथै राजनैतिक अवसर मिल्नेछ भने जोश,जाँगर र हिम्मत बढ्नेछ र सेयरको कारोबारमा सफलता प्राप्त हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउने र जोश जाँगर बढ्नेछ भने बन्धु–बान्धवबाट सहयोग मिल्नेछ र राजनैतिक कार्यमा सफलता पाईएला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ भने दैनिक कार्यमा प्रगति हुनेछ र नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै शुभ समाचार सुन्न पनि पाइएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मान प्रतिष्ठामा बृद्धि हुनुका साथै भाग्यले विभिन्न अवसर जुराउनेछ र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भने नयाँ कामको थालनी होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज निर्णायक क्षमतामा कमी आउनेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आँटेको र ताकेको कार्य पुरा होला भने आयआर्जनका क्षेत्रमा सुधार आउनुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ र नजिकको मित्रसँग भेटघाट हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज न्यायिक कार्यमा सफलता मिल्नुका साथै जोश जाँगर र हिम्मत वढ्नेछ भने नयाँ कार्य वा रोजगार पाइनेछ र मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शैक्षिक क्षेत्रमा सफलता मिल्नुका साथै पार्टी तथा सेमिनारमा सहभागी भइनेछ भने आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ भने नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला र घरायसी विवाद बढ्न सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
्आज सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्नेछ र श्रमको उचित मुल्याङ्कन हुनेछ भने मनोरञ्जनमा सहभागीता भइएला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् भने बोलीको प्रभाब बढ्नेछ र बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ भने नयाँ कार्यको योजना बन्नेछ र शेयर बजारबाट सफल मिल्नेछ, पुनर्मिलनको योग पनि छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला