×

TUNGOON

दिनभरका समाचार


आज देशभर थप १०९ जनामा कोारेना संक्रमणको पुष्टि, कुल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुग्यो।।

आज थप २ जना कोरोना संक्रमितको मृत्यु, हालसम्म कोारोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २७ पुग्यो ।।

आज ३५० जना कोरोना संक्रमण मुक्त, हालसम्म २ लाख ६६ हजार ४८ जनाले कोरोना जितर घर फर्किए ।।

नेपालमा हाल २ हजार ७ सय ७९ जना सक्रिय संक्रमित, हालसम्म २० लाख ६७ हजार ६ सय ९९ वटा पिसिआर परिक्षण गरियो ।।

आज भरतपुरमा नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिए दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुहिएको आलुको संज्ञा,पार्टी विभाजन नभएको भन्दै पिलो निचोर्दैमा शरीरको तौल नघट्ने तर्क, जनताको हित गर्नेहरूलाई चुनावमा जिताएर पठाउनुपर्ने जिकिर ।।

आज धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली पार्टीमा मात्र होइन सडकमा पनि एक तिहाई भएको नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी, आफूहरुले गरेको जनप्रदर्शनका क्रममा विशाल जनसहभागिता देखिएको भन्दै यो सहभागिताले जनता प्रतिगमनको पक्षमा रहेको स्पष्ट भएको तर्क ।।

प्रधानमन्त्री ओलीको पतनको बाटो निश्चित भइसकेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई,ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह ।।

नयाँ चुनावको समर्थन गर्नु भनेको केपी ओली वा सरकारको समर्थन नभइ संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यता प्रतिको विश्वासको अभिव्यक्ति भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई, प्रतिनिधिसभा पुनःस्थापनाले अस्थिरता ल्याउने भएकाले नयाँ चुनाव नै उपयुक्त हुने तर्क ।।

अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीको भनाई,प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले अदालतले संसद् पुनःस्थापना गरिदिने विश्वास व्यक्त ।।

विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहोराको भनाई, राप्रपाको सोच ताजा जनादेश नै भएको जिकिर ।।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीलाई अपदस्त गर्ने षड्यन्त्र गरिएपछि संसद विघटनको बाध्यात्मक र साहसिक कदम चाल्नुपरेको गृहमन्त्री रामबहादुर थापाको भनाई, प्रतिनिधिसभा विघटनलाई जनताले अनुमोदन गरेको र देश निर्वाचनमा होमिएको दाबी ।।

्संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले संविधानमाथि खतरा आएको नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको टिप्पणी,संसद विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाईमा रहेको उल्लेख गर्दै अदालतले संविधानको रक्षा गर्नेमा विश्वास रहेको तर्क ।।

लामो समयदेखिको सङ्घर्षको उपलब्धि स्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाको भनाई, नेपाली कांग्रेस विधि र प्रक्रिया अनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने जिकिर ।।

आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीको निर्देशन,नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले भ्रममा नपरी चुनावमा लाग्न आग्रह ।।

नेकपाको प्रचण्ड–नेपाल पक्षले निर्वाचन भाड्न आन्दोलन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको भनाई, निर्वाचन आयोगले नेकपा विवादका बिषयमा कुनै टुङ्गो नलगाए पनि सूर्य चिन्ह आफुहरुको हुनेमा कुनै दुविधा नरहेको तर्क ।।

ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डिला संग्रौलाको भनाई,आफ्नै हातमा रहेको शासन र पद्धति बचाउन नसक्ने कम्युनिस्टहरु पतनको स्थितिमा गएको तर्क ।।

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनविरुद्ध सर्बोच्च अदालतमा परेको रिट तिर केन्द्रित हुँदै अदालतले काल्पनिक कुरामा नभइ संविधानमा आधार रहेर फैसला सुनाउनु पर्ने कांग्रेस नेता गगनकुमार थापाको भनाई, सबै नेपाली संसद पुनःस्थापना वा चुनाव भन्दा पनि संविधानका पक्षमा उभिनुपर्ने तर्क ।।

तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको चिकित्सक तथा नागरिक अभियन्ता डा.गोविन्द केसीको भनाई , देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा नेतृत्वको सरकारले काम गर्न नसकेको तर्क ।।

कोरोनाविरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको भनाई, दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने उल्लेख ।।

नेपालमा संयुक्त सैन्य अभ्यास गर्नेदेखि विदेशी नागरिकलाई नेपाली नागरिकता दिएर मुलुकको स्वाभिमान र राष्ट्रियतामा आँच आउन दिने लगायत काममा सरकारलाई असहयोग गरेको नेकपा प्रचण्ड समूहका नेता भीम रावलको भनाई,प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई कुल्चेको, लोकतन्त्रमाथि गम्भीर आघात गरि जनमतलाई अपमान गरेको आरोप ।।

अदालतबाट संसद पुनस्थार्पना नभए सडकबाटै संसद पुनस्थार्पना गरि छाड्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई, प्रधानमन्त्री ओली र संघीय सरकार जनबिरोधी र बिकास बिरोधी भएको आरोप ।।

देशलाई काठ निर्यात गर्ने अवस्थामा पु¥याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको भनाई, वार्षिक १० देखि १२ अर्ब रुपैयाँ बराबरको काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गरी काठ निर्यात गर्ने अवस्थामा पुग्नका लागि वैज्ञानिक वन कार्यविधि खारेज गरिएको उललेख ।।

आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनीतिक योजना तयार पारेको निर्यात व्यवसायी महासंघद्वारा जानकारी ,निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक–सामाजिक अवस्था सुदृढ गर्न प्रतिबद्ध व्यवसायीहरुद्वारा रणनीति तयार पारिएको उल्लेख ।।

विरगञ्ज नेपालको सिलिकन भ्यालीका रुपमा विकास हुनसक्ने नेपाली कांग्रेसका नेता तथा उद्योगी विनोद चौधरीको भनाई,गरिखाने वर्गलाई सम्मान र सहजीकरणले मात्र धेरै गरिखानेहरु जन्मने र मुलुक समृद्ध बन्ने तर्क ।।

भारतको उत्तर प्रदेशमा बस र कन्टेनर आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु , दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते ।।

अमेरिकाको नयाँ सरकारले त्यसमाथि ताइवानलाई समर्थन गर्ने प्रतिवद्धता जनाएपछि चीन रुष्ट , चीनले स्वतन्त्र ताइवानको कुनै पनि प्रयासले युद्ध निम्तिन सक्ने भन्दै अमेरिकालाई दियो चेतावनी ।।

विश्वमा कोभिड(१९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने चिनियाँ राष्ट्रपति सी जिङपिङको भनाई, महामारी कुनै एक देश तथा क्षेत्रको मात्र नभएर विश्वकै समस्याका रुपमा देखिएकोले यसको समाधानका लागि विश्वका नेताहरु एक आपसमा समन्वय गरेर लाग्नुपर्ने जिकिर ।।

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लियो, शुक्रबार राति भएको खेलमा बोर्डे–अक्सलाई २(१ गोल अन्तरले पराजित गर्यो ।।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुर्दै, खेल नेपाली समयअनुसार आज राति ११.१५ बाट सुरु हुने ।।

म्यानचेस्टर युनाईटेडका मिडफिल्डर जेसे लिंगार्ड वेस्ट ह्याममा अनुबन्धित, यस सिजनको अन्तिमसम्मका लागि लिंगार्ड र वेस्ट ह्यामबीच सम्झौता ।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला