×

TUNGOON

प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको कांग्रेसका नेता रिजालको आरोप


काठमाडौं । माघ १८ गते
प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले आरोप लगाउनु भएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आइतबार बुटवलमा आयोजना साक्षात्कारमा बोल्दै उहाँले प्रधानमन्त्री ओली पनि अब पूर्वराजा ज्ञानेन्द्रजसरी नै बिदा हुने जिकिर गर्नु भयो ।

उहाँले अहिले संविधान नै ठिक ठाउँमा नरहेकाले यस्तो अवस्थामा भएको चुनावको अर्थ नहुने बताए । नेता रिजालले सत्तामा आएपछि नियम–कानुन केही नमान्नेहरू इतिहासमा कहिल्यै लामो समय नटिक्ने भन्दै संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले न्याय दिने बताउँनु भयो । उहाँले संसद् पुनस्थापना भएरै छाड्ने बताउनु भएको छ । निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी पार्टी किन फुटाएको भन्दै प्रश्न गद्र्रै ओलीले प्रधानमन्त्री हुँदादेखि नै संविधानको विरुद्ध काम गरेको नेता रिजालले आरोप लगाउनु भयो ।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम नसच्चिएसम्म विरोध गरिरहने नेता रिजालको भनाइ छ । ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै रिजालले ओलीलाई जनताले सडकबाटै ठेगान लगाउने बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला