×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि ,कति पुग्यो तोलाको ?


काठमाडौं । माघ १८ गते
आज नेपाली सुनचाँदी बजारमा पहेलो धातु अर्थात् सुनको मुल्यमा बृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार १३ सय २० मा कारोबार भएको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी ३५ ले बढेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला