×

TUNGOON

माघ १९ गते नेपाली कांग्रेस निकट १३ भातृ संघ संगठनहरुले संसद विघटनविरुद्ध एकैसाथ विरोध प्रदर्शन गर्दै



काठमाडौं । माघ १८ गते
आज एक विज्ञप्ति जारी गर्दै माघ १९ गते नेपाली कांग्रेस निकट १३ भातृ संघ संगठनहरुले संसद विघटनविरुद्ध एकैसाथ विरोध प्रदर्शन गर्दैन् । संसद विघटन गर्ने नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध १३ वटै संस्थाहरु निरन्तर आन्दोलनरत रहेका छन् । गर्दै १३ वटै विद्यार्थीहरुले सोमबारको आन्दोलनमा आ–आफ्नो स्थानबाट आन्दोलनमा सहभागिता जनाउनको लागि अपिल गरेका छन् ।

नेपाली कांग्रेस निकट १३ भातृ संघ संगठनहरुको प्रदर्शनको नेपाल महिला संघ उमा रेग्मी, नेपाल तरुण दल जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघ राजीव ढुंगाना, नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल, नेपाल किसान संघ भानुभक्त सिग्देल, नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा, नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना, नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ्ग, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ भोजराज श्रेष्ठ, नेपाल मुस्लिम संघ अब्दुल सतार, नेपाल तामाङ्ग संघ कवेलबहादुर लामा, नेपाल राष्ट्रिय मगर संघ ओम थापा मगर, नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुरले नेतृत्व गरिरहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला