×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ १९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुने योग रहेको छ भने सवारी साधनको खरिद बिक्री हुनुका साथै दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मन सम्हाल्न आवश्यक देखिन्छ भने दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ र सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नेछ तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ र प्रेममा सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज श्रमको उचित मुल्याङ्कन हुनेछ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ र कला र गलाको प्रभाव बढ्नुका साथै शुभ समाचार पनि सुन्न पाइएला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्नुका साथै वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ भने आयआर्जनका क्षेत्रमा सुधार आउनेछ र पठनपाठनमा प्रगति हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मन खिन्न हुने स्थिति आउने योग रहेको छ भने कार्य सम्पादनमा सहजता नमिल्नुका साथै जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ र स्वास्थ्यप्रति सजक रहनु होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मान सम्मान पाइनसक्छ भने घरमा अतिथीको आगमन हुने यो रहेको छ भने बोलीको भरमा कार्य सम्पादन हुनेछ र कुटुम्बको सहयोग पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पारिवारिक सद्भाव बढ्नुका साथै आँटेको र ताकेको कार्य पुरा होलान् भने आकस्मिक धनलाभ हुनेछ र महिला वर्गबाट सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने प्रेमीको सहयोग प्राप्त हुनेछ र छोटो यात्रा पनि हुन सक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ भने शुभ समाचार सुन्न पाईएला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउनेछ र अधुरो काम बन्नुका साथै धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ भने आँटेको र ताकेको कार्य पुरा होला र कलकारखाना र बन्दव्यापारमा पनि राम्रै हुनेछ


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला