×

TUNGOON

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै


काठमाडौं । माघ १९ गते
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । आज नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले जानकारी दिनु भएको छ । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला