×

TUNGOON

दिनभर समाचार


आज देशभर थप १५९ जनामा कोारेना संक्रमणको पुष्टि, कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुग्यो।।

आज २६४ जना कोरोना संक्रमण मुक्त, हालसम्म २ लाख ६६ हजार ६ जनाले कोरोना जितर घर फर्किए ।।

नेपालमा हाल २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित, हाल सम्म २० लाख ७५ हजार १५२ वटा पिसिआर परिक्षण गरियो, काठमाडौं उपत्यकामा ८५ जना संक्रमित थपिए ।। ।।

आज ढल्केबर सवस्टेसनको समुद्घाटन कार्यक्रममा बोल्दै तोकिएकै समयमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको दावी, मधेशी जनतालाई मतदानको लागि तयार भएर बस्न आग्रह ।।

आज प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै पार्टी विभाजित नभएको नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव नेपालको भनाई, पार्टीमा गुटगत गतिविधि गरेका कारण केपी ओलीलाई कारबाही मात्रै गरिएको तर्क ।।

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विगठनलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘ दिए रातो प्रतिगमन’को संज्ञा, पूर्वराजा ज्ञानेन्द्र र ओलीको प्रतिगमनको तुलना गर्दै प्रतिगमनको रंग जुन भएपनी ढंग उहि हुने टिप्पणी गर्दै हरेक प्रतिगमनको नियति उहि हुने चेतावनी ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्वारा पशुपतिमा १ अर्ब रुपैयाँको जलारी चढाउने सरकारको निर्णयको आलोचना,जलारी चढाउनुको सट्टा गरिब विद्यार्थीका लागि विश्व विद्यालय खोल्न सुझाव ।।

केपी ओलीलाई पार्टीबाटै निष्काशन गर्ने आज बसेको चौथौं नेकपा केन्द्रीय समितिको बैठकको निर्णय, महासचिव विष्णु पौडेलको पद खोसियो ।।

प्रतिनिधिसभा विघटनका विरुद्धको आन्दोलनमा जाने विषयमा काँग्रेसभित्र अलमल नभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको भनाई, प्रतिनिधिसभा विघटनले नेपाली राजनीतिमा गम्भीर मोड आएको आरोप ।।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध अदालतको अपहेलनाको अधिवक्ता समिर हायूद्वारा मुद्दा दर्ता, मुद्दाको पेशी मंगलबारका लागि तोकियो ।।

प्रदेशका सभामुख अल्पमतको सरकारको लाचार छायाँ बनेको बागमती प्रदेशकी सांसद् अष्टलक्ष्मी शाक्यको टिप्पणी, आजका लागि तय भएको प्रदेश सभा बैठक स्थगित गरिएकोप्रति ाआपत्ति प्रकट, ‘यसबाट संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेश सभाको नियमावली समेतको घोर उल्लंघन भएको आरोप ।।

युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम अघि सारेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको भनाई, नयाँ अवसरको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह ।।

आज बिहान झापाको कचनकबल गाउँपालिका(१ घेराबारी बस्ने गोबर्धन राजबंशीको एक तले घरमा आगलागी, घरधनि ६० वर्षीय राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाद्वारा जानकारी ।।

तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने उपप्रधानमन्त्री ईश्वर पोखरेल, मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लमगिएको जानकारी ।।

प्रधानमन्त्रीले रोजेको प्रतिनिधिसभा विघटनको बाटो संविधानसभासम्मत भएको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको तर्क, सरकारका तर्फबाट बहस गर्दै आफू सरकारका तर्फबाट प्रतिरक्षाको दायित्वबाट भाग्न नसक्ने जिकिर ।।

सभामुख अग्नि सापकोटाको पत्रले राष्ट्रिय सभाको भूमिका र गरिमामाथि प्रहार भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको भनाई, पत्रमा भएको अधिकार क्षेत्र र त्यसमा प्रयुक्त व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ।।

नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप, उपप्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार ।।

धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते भएको प्रहरीद्वारा जानकारी ।।

आज नेपाली सुनचाँदै बजारमा सुनको मुल्यमा ५ सयले बृद्धि, छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रुपैंया पुगेको नेपाल सुनचाँदी व्यावसायाी महासंघले जनाएको छ ।
०००
अन्तराष्ट्रिय समाचार
०००
म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ, दक्षिण पूर्वी एसियाको देश म्यानमारमा सेनाले सैनिक ‘कु’ गर्दै सत्ता हातमा लिए, सेनाद्वारा एक वर्ष संकटकाल घोषणा ।।

००००
खेल समाचार
०००००

कतारविरुद्धको टी(ट्वान्टी क्रिकेट सिरिजका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु,कतारसँगको तीन खेलको सिरिजका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको नेपाल क्रिकेट संघ क्यानद्वारा जानकारी ।।

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहममाथि ब्राइटनको जित,आइतबार राति भएको खेलमा टोटेनहम १(० गोल अन्तरले पराजित ।।

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर एट्लेटिको मड्रिडको सहज जित,आइतबार राति भएको खेलमा काडिजलाई ४(२ गोल अन्तरले पराजित गर्यो ।।

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याममाथि साविक विजेता लिभरपुलको सहज जित, आइतबार राति भएको खेलमा वेस्ट ह्यामलाई ३(१ गोल अन्तरले पराजित ।।

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजीमाथि लोरिएन्टको जित ,आइतबार राति भएको खेलमा पीएसजी ३(२ गोल अन्तरले पराजित ।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला