×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेनुहोस् आजको राशिफल


काठमाडौं माघ २० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ पद र प्रतिष्ठा पाईने संभावना रहेको छ भने सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनुका साथै मन प्रसन्न र खुसी पनि रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज विद्या र नयाँ ज्ञान बढ्नुका साथै आकस्मिक धन लाभ हुनेछ भने दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै शत्रु र विपक्षी पराजित हुन सक्छन् भने विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लाभदायक यात्रा हुने योग रहेको छ भने नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नुका साथै शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अग्रजको सहयोगले कार्य सम्पादन हुनुका साथै शुभकार्यको चर्चा चल्नेछ भने परिवारमा सुख सन्तोष छाउनेछ र कला र गलाको प्रभाव बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ र नयाँ कार्यको थालनी हुन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्नुका साथै भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नुका साथै रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ भने यात्राको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
् आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनुका साथै शुभ समाचार सुन्न पाइने छ भने सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ कामको थालानी या योजना बन्ने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ र न्यायिक कार्यमा सफलता मिल्नुका साथै शुभकार्यको चर्चा पनि चल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज यात्रा गर्दा सचेत हुनुपर्नेछ भने महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ र झञ्झटिलो काम आउनुका साथै नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ भने कृषि कार्यबाट लाभ मिल्नेछ र आफन्त संग भेट घाट पनि हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला