×

TUNGOON

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक


काठमाडौं माघ २० गते
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ । बैठक बुधबार बिहान ११ बजे बालुवाटारमा बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनु भएको छ । उक्त बैठकमा केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गरिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेका नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउँनु भएको थियो । सापकोटाको उक्त कदमप्रति राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले आपत्ती जनाउनु भएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु भएको थियो । संवैधानिक परिषदमा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो।ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गराउनु भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला