×

TUNGOON

संसद् पुनस्थापना गरेर अगाडि बढ्नुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाई, सडक आन्दोलन गर्नुको विकल्प नभएको जिकिर



काठमाडौं माघ २० गते
सर्वोच्च अदालतले संसद् पुनस्थापना गरिदेला भनेर पर्खेर बस्न नहुने पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनु भएको छ । आज प्रेस नेपाल अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी रहेको भन्दै सडक आन्दोलन गर्नुको विकल्प नभएको जिकिर गर्नु भयो । पूर्वप्रधानमन्त्री डा. भट्टराईले संसद् पुनस्थापना नहुने र वैशाखमा चुनाव नभए देश भयंकर द्वन्द्वमा जाने खतरा रहेको बताउँनु भयो ।

देशलाई द्वन्द्वबाट बचाउन कांग्रेससहित सबै दल मिलेर आन्दोलन गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । आफूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेतालाई भेटेर आन्दोलनमा जानुपर्ने बताएको पनि उहाँले जानकार दिनु भयो । अहिलेको बेला संसद् पुनस्थापना गरेर अगाडि बढ्नु रहेको पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाइ छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला