×

TUNGOON

महिलाहरुको सेतो पानी बग्ने कारण , लक्षण र बच्चने घरेलु उपायहरु


काठमाडौं माघ २० गते
अधिकांश महिलाहरुको योनीबाट सेतो, पहेंलो, हरियो, रगत मिसिएको आदि इत्यादि प्रकारको चिप्लो पदार्थ बग्ने समस्या हुन्छ । यो सामान्य पनि हुनसक्छ वा प्रजनन अङ्गमा कुनै किसिमको संक्रमणको संकेत हुन सक्छ ।महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । यसलाई ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ ।

Young woman in pain

महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह १५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्मका महिलाहरुमा हुन सक्ने नितान्त प्राकृतिक र सामान्य चक्र हो ल्युकोरिया ।ह्वाइट डिस्चार्ज आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर पनि गर्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो । कतिपय अवस्थामा यो अधिक मात्रामा हुने गर्छ । यसले अन्य रोगको संकेत पनि गर्नेगर्छ ।

आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु, कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु, बिरामी मानिससँग सम्बन्ध राख्नु, पटक पटक गर्भपतन गराउनु, कुनै रुपमा संक्रमण या बिरामी भएमा , शरीरमा पोषक तत्वको कमी हुनु आदि यसका कारणहरु हुन भने चक्कर आउनु, शरीरमा थकावट हुनु, संवेदनशील अंग चिलाउनु, शरीरमा कमजोरी महसुस हुनु, संवेदनशील अंगबाट दूर्गन्ध आउनु, कब्जियत एवं टाउको दुखाई हुनु यसका लक्षणहरु हुन ।

सेतो पानी बग्ने समस्याबाट बच्ने घरेलु उपायहरु यसप्रकार छन् ।

१. राति भिजाएर राखेको अन्जीरलाई बिहान पानीमा पिसेर खाली पेट खाने, आफ्नो डाइटमा केरा पनि मिसाउने गर्ने, फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्ने यस्तो गर्दा एक हप्तामा नै सेतो पानी बग्ने समस्याको समाधान हुने गर्दछ ।

२. चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्र्ने, १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने, गुलावको पत्तालाई सुख्खा गरेर पाउडर बनाउने गर्नुपर्छ । दैनिक दूधको साथमा यसको सेवन गर्ने ।

३. मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्नुका साथै मेथीको धुलोलाई पानीमा राखेर पिउने, भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्ने।

४. आफ्नो संवेदनशील अंगलाई पूरा रुपमा सुख्खा र सफा राख्नुपर्छ । जसरी भएपनि संक्रमण फैलिने समस्या कम गराउनुपने ।

५. महिनावारीको समयमा सफाईको पूरा ध्यान दिने र हरेक ४ देखि ६ घण्टापछि प्याड बदल्ने , हल्का पानीले यसलाई सफा गरि सुख्खा वा सुतीको कपडाबाट आफ्नो संवेदनशील अंगको सफाई गर्नु राम्रो हुन्छ ।

६. ल्युकोरियाको समस्या शरीरमा कमजोरीको कारणले हुने गर्दछ । यसको लागि आफ्नो खानामा पोषण युक्त चिजलाई समेत सामेल गर्ने गर्नुपर्छ । जसबाट हाम्रो शरीर पूरा रुपमा स्वस्थ रहन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला