×

TUNGOON

अमेरिकामा एकैदिन १ लाख भन्दा बढी संक्रमित थपिए, १ हजार भन्दा बढीको मृत्यु



काठमाडौं । माघ २० गते
हाल भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा एकै दिन ८ हजार ५८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ६७ हजार २०६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ९४ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या १ लाख ६५ हजार २३४ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ६९ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख २५ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख ५४ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९०४ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या १० करोढ ३९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २२ लाख ४७ हजार ७१५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला