×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ २१ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ भने गरेको कार्यबाट सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आकस्मिक धनलाभ हुनुका साथै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ भने दाईभाई वा मित्रबाट विशेष सहयोग पनि मिल्न सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ भने व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ रआत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ नयाँ कार्यको अवसर मिल्ने योग रहेको छ भने धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नुका साथै अनावस्यक खर्चबाट बच्न सकिन्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनुका साथै वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउनेछ भने पारिवारिक सद्भाव पनि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ भने गरेको काममा ढिलासुस्ती हुनुका साथै चोटपकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सरुवा र बडुवाको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ र रोकिएको धन हातलागी हुनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज भाग्यमा वृद्धि हुनुका साथै सन्तान सुखको योग रहेको छ भने नयाँ र शुभ समाचार सुन्न पाइनेछ र आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन पनि सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ भने दैनिक कार्यहरूमा प्रगति हुनुका साथै शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ने योग रहेको छ भने अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ र शत्रुपक्ष हावी हुन सक्नेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज कतै घुम्न जाने योजना बन्नुका साथै प्राविधिक काममा सफलता मिल्नेछ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला