×

TUNGOON

अमेरिकामा एकैदिन ३ हजार भन्दा बढी संक्रमितको मृत्यु,विश्वभर कोारेनाका कारण ज्यान गुमायनेको संख्या २२ लाख ६२ हजार नाघ्यो ।।



काठमाडौं । माघ २१ गते
हाल भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा एकै दिन ११ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ७८ हजार २०६ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ११३ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या १ लाख ६१ हजार ८६५जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ६२ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख १४ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख ५७ हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ६३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या १० करोढ ४३ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २२ लाख ६२ हजार ७९५ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला