×

TUNGOON

आज विभिन्न संवैधानिक आयोगका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ,सपथग्रहण समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीको समेत सहभागीता



काठमाडौं । माघ २१ गते
विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका पदाधिकारीहरुमध्ये आज ३८ जनाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच संवैधानिक आयोगका पदाधिकारीहरुले शपथ ग्रहण गरेका हुन् । संवैधानिक परिषदको सिफारिसमा संवैधानिक आयोगको प्रमुख तथा पदाधिकारीमा नियुक्त भएकाहरुले शपथ ग्रहण गरेका हुन् ।संवैधानिक आयोगका प्रमुखमा नियुक्त भएकाहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनियताको शपथ ग्रहण गराएका जनाइएको छ ।

त्यस्तै संवैधानिक आयोगका अन्य सदस्यहरुलाई संवैधानिक आयोगका प्रमुखहरुले सपथग्रहण गराएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भएको सपथग्रहण समारोहमा प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायत सहभागी थिए ।नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटा भने सपथग्रहण समारोहमा गएनन् । संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदको बैठकमा समेत उपस्थति नभएका सभामुख सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति नै फिर्ता गरेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला