×

TUNGOON

प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानलाई कागजको खोष्टो बनाएको नेकपाकी केन्द्रीय सदस्य झाँक्रीको आरोप


काठमाडौं । माघ २१ गते
प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानलाई कागजको खोष्टो बनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले व्यक्त गर्नु भएको छ । आज समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीमाथि आक्रोश पोख्नु भएको हो । नेतृ झाँक्रीलेदुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको समेत बताउनु भएको छ ।

केही दिनअघि एक कार्यक्रमलाई संवोधन गर्दै झाँक्रीले ‘महारानी’ को संज्ञा दिएर विवादमा तानिनु भएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको वास्तविकता जिम्मेवारीका साथ भनेको नेतृ झाँक्रीको भनाई छ । उहाँले भण्डारीलाई शितलनिवासबाट निस्केर चुनावमा आएर लड्न चेतावनी दिँदै बरु बालकोट गएर बस्न समेत सुझाव दिनु भएको थियो । उहाँको यो भनाइलाई लिएर विधवालाई विभिन्न आरोप लगाउने भन्दै आलोचना भएको थियो ।

तर ओली असंवैधानिक बन्दै सिफारिस गर्ने अनि राष्ट्रपति भण्डारीले त्यो सिफारिसलाई निर्णय गर्दै जानुले आजको दिन आएको भन्दै झाँक्रीले आक्रोश पोख्नु भएको थियो । आज बिहान संवैधानिक निकायका पदाधिकारीलाई राष्ट्रपति भवनमा सपथ दिलाइएपछि झाँक्रीले ‘पुष्टि गर्न नै के पो बाँकी रह्यो र ? हाम्रो संघर्ष र प्राप्त उपलब्धि के नै बाँकी रहने भयो र भन्दै प्रश्न गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला