×

TUNGOON

प्रधानमन्त्री ओलीले पश्चगमनको राजनीति गर्न खोजेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको आरोप


काठमाडौं । माघ २१ गते
प्रधानमन्त्री ओलीले पश्चगमनको राजनीति गर्न खोजेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आरोप लगाउँनु भएको छ ।

आज समाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै संयोजक पाण्डेले ओलीले कहिले राष्ट्रवाद त कहिले विकासका नाममा भ्रमको राजनीति गर्दै आएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओली आफू पनि भ्रममा रहेको र जनतालाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको उहाँको भनाई छ । उहाँले ओलीले सुरुमा राष्ट्रवादको राजनीति गरेको र त्यसपछि चुच्चे रेल र ग्यासको पाइप भन्दै ‘विकास’को राजनीति गर्ने प्रयास गरेको टिप्पणी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला