×

TUNGOON

दिनभर समाचार


काठमाडौं । माघ २१ गते
आज बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आफूले अन्तराष्ट्रिय परिस्थितिको मूल्यांकन गरेर ‘जनयुद्ध’लाई शान्तिमा रुपान्तरण गर्ने निर्णय गरेको ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको भनाई,विश्वका विभिन्न देशमा भएका सशस्त्र विद्रोह आफ्नै आँखा अगाडि असफल भएको देखेपछि आफूले शान्ति नै उपयुक्त ठानेको जिकिर ।।

सरकारले सम्पूर्ण नेपाली जनताका तर्फबाट फैसलाका लागि चुनावमा जाने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको भनाई,निर्धारित मितिमै चुनाव हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न युवा–कार्यकर्तालाई निर्देशन ।।

प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री ओलीको राष्ट्रवादमा समानता रहेको खानेपानी मन्त्री मणिचन्द्र थापाको भनाई,क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी ।।

आज संवैधानिक आयोगका पदाधिकारीले लिए पद तथा गोपनियताको सपथ, राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा शपथ ग्रहण गराइयो ।।

संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालको टिप्पणी, प्रधानमन्त्री ओलीले मुलुकलाई थप अन्धकारतिर धकेलेको भन्दै आक्रोश व्यक्त ।।

प्रधानमन्त्री ओलीले पश्चगमनको राजनीति गर्न खोजेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको आरोप, ओलीले कहिले राष्ट्रवाद त कहिले विकासका नाममा भ्रमको राजनीति गर्दै आएको तर्क,आफू पनि भ्रममा रहेको र जनतालाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको जिकिर ।।

नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न, कृषिमा ५० करोडभन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई अनुमति दिइने कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको भनाई ।।

दुनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धको बारे बोल्न सही समयको पर्खाइमा रहेको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको भनाई, राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानलाई कागजको खोष्टो बनाएको आरोप ।।

संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति सरकारले गरेको अर्को असंवैधानिक कदम भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको आरोप,असंवैधानिक रूपमा संवैधानिक निकायहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको तर्क ।।

माघ २३ गते ओली पक्षले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै, आज ओली पक्षले निकाल्यो काठमाडौंमा मोटरसाइकल ¥याली ।।

वर्तमान सरकार जंगलराज, गुन्डाराज र फासिवादतर्फअघि बढेको नेकपा ९प्रचण्ड—माधव० समूहका नेता नारायणकाजी श्रेष्ठको आरोप,रकारले जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलव्धि उल्टाउने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रमा लागेको उल्लेख ।।

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिप्रति नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलद्वारा आपत्ति प्रकट, प्रधानमन्त्री ओलीको काम संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको आरोप ।।

प्रदेश १ मा अविश्वास प्रस्तावमा छलफल गरे बैठक नै हुन नदिने ओलीपक्षको चेतावनी, प्रदेशसभाले आगामी बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने तयारी गरेपछि मुख्यमन्त्री शेरधन राईढारा प्रदेशसभालाई दबाब ।।

संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको सपथ भएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णको भनाई,आयोगका पदाधिकारीको नियुक्तिबारे आफूले संसद सचिवालयबाट जानकारी पाए पनि समितिमा जानकारी नआएको गुनासो ।।

प्रतिनिधिसभाको पुनस्स्थापना स्थायी समाधान नभएको जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको कथन, प्रतिगमनमाथि प्रतिगमन गर्ने ओलीले संविधानमाथि ‘कु‘ गरेर लोकतन्त्रलाई हत्या गर्न खोजेको आरोप ।।

संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिलाई संविधानले मान्यता नदिने संविधानविद् डा. भीमार्जुन आचार्यको भनाई, संविधानको दृष्टिकोणले हेर्दा संवैधानिक आयोगमा गरिएको नियुक्तिलाई असंवैधानिक र आपत्तिजनक रहेको टिप्पणी ।।

झापामा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु, २३ वर्षीय करण कार्कीको मृत्यु भएको प्रहरीद्वारा जानकारी ।।

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट, छापावाल सुनको मुल्लय प्रतितोला ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा जानकारी ।।

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनमाथि म्यानचेस्टर युनाईटेडको फराकिलो जित, मंगलबार राति भएको खेलमा साउथह्याम्पटन ९(० गोल अन्तरले पराजित ।।

कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सको जित, मंगलबार राति भएको खेलमा इन्टर मिलानविरुद्ध २(१ गोल अन्तरले पराजित ।।

इंग्लिस प्रिमियर लिग फुटबलमा अर्सनल माथि उल्भ्सको जित,मंगलबार रति भएको खेलमा आर्सनल उल्भ्ससँग २(१ गोल अन्तरले पराजित ।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला