×

TUNGOON

प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बिहीबार आयोजना गरेको आमहडतालको दुष्प्रचार गरेको अध्यक्ष नेपालको आरोप


काठमाडौं । माघ २३ गते
प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले बिहीबार आयोजना गरेको आमहडतालको दुष्प्रचार गरेको नेकपा अध्यक्ष माधव नेपालले आरोप लगाउनु भएको छ । उहाँले आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताउनु भएको छ । बिहिबारको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थी को लागि पीडा भयो, यो सबको कारण केपी ओली भएको भन्दै हिजो को बन्दले नयाँ सन्देश दिएको र बन्दका कारण ज्याला–मजदुरी गर्ने वर्ग र विद्यार्थीलाई पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले सञ्चालन गरिरहेको आन्दोलनका कार्यक्रमबारे जानकारी दिन आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेपालले बन्द पूर्ण सफल भएको दाबी गर्नु भएको छ । त्यस्तै उहाँले सडकमा आर्मीको बख्तरबन्द गाडी ल्याउँदैमा कोही नडाराउने तर्क गर्नु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला