×

TUNGOON

अफगानिस्तानमा सरकार समर्थक र तालिबान लडाकूबीच झडप, २६ जनाको मृत्यु


काठमाडौं माघ २३ गते
अफगानिस्तानमा सरकार समर्थक र तालिबान लडाकूबीच झडप भएको छ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको छ भने तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका छन् ।

झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको हो । सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला