×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ २४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज राजनैतिक कार्यमा बाधा आउने र स्वास्थ्यमा समस्या आउनुका साथै फलदायी यात्रा पनि नहोला, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अधुरो काम पूरा हुने योग रहेको छ भने पारिवारिक सुखले प्रफुल्लित भइनुका साथै व्यवसायका लागि यात्राको सम्भावना छ ।र कृषि कार्य पनि राम्ररी अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज मंगल कार्यको योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै आर्थिक क्षेत्र राम्रै रहला र आतिथ्यपूर्ण सम्मान पाइएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज दाम्पत्य जीवन सुखमय हुनुका साथै वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ र तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज धार्मिक कार्य सफल नै रहनुका साथै प्रेम सम्बन्ध कसिलो हुनेछ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ र नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने योग रहेको छ भने जोश जाँगर र हिम्मत बढ्नेछ र जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ भने बौद्धिक काममा सफलता मिल्ने र मन प्रसन्न रहनुका साथै लाभदायक यात्रा पनि हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभकार्यको चर्चा चल्नेछ योग रहेको छट भने नयाँ सवारी साधन प्राप्तिको हुनुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ र विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ भने महत्त्वपूर्ण अवसर गुम्न सक्नुका साथै सामान हराउने योग छ, तर विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै ठीक समयमा सही निर्णय लिन सकिनेछ भने बोलीको प्रभाव पनि बढ्नेछ र शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कमको थालनी हुनेछ भने धार्मिक यात्राको योग रहेको छ र अचल सम्पत्ति हात पर्नुका साथै सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रेम र मित्रताको बन्धन कसिने योग रहेको छ भने नयाँ कार्यको योजना बन्नेछ र कार्य सम्पादनमा सहजता मिल्ने भने दिनको उत्तरार्ध सुखद् रहनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला