×

TUNGOON

नेकपाले अदालतलाई धम्क्याउन सडक प्रदर्शन गरेको राप्रपाका अध्यक्ष कमल थापाको आरोप


काठमाडौं । माघ २४ गते
सत्तारुढ नेकपाले अदालतलाई धम्क्याउन सडक प्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले आरोप लगाउनु भएको छ । आज समाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष थापाले नेकपा आफैँ विभाजित भएको र अदालतमा विचाधिन मुद्दालाई प्रभावित पार्न सडक प्रदर्शन गरेको बताउनु भएको छ ।

चारवटा बुँदा उल्लेख गरेर २०६२÷०६३ पछिको असफलताको अध्यक्ष थापाले उल्लेख गर्नु भएको छ । ‘सत्तारुढ दलले आफ्नै प्रम बिरुद्ध अविश्वास प्रस्ताव, प्रमद्वारा संसद विघटन, मुद्दा विचाराधिन रहेकै अवस्थामा अदालतलाई धम्क्याउन सडक प्रदर्शन, व्यवस्थापिका प्रमुखद्वारा कार्यपालिका र न्यायपालिका प्रमुख विरुद्ध अदालतमा मुद्दा लगायतका घटनाक्रमले ६२÷६३पछिको मार्गचित्र असफल प्रमाणित गरेको थापाको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला