×

TUNGOON

सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको, मृत्यु ३३ जना घाइते


काठमाडौं । माघ २४ गते
शुक्रबार राती सिन्धुलीमा जन्ती बोकेको ना ५ त ५३५६ न.को ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनाका घाइते मरिण गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ बखफरबाट मरीण गाउँपालिका वडा नम्बर २ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको छ भने अन्य १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला