×

TUNGOON

विश्वभर कोारेनाका कारण ज्यान गुमायनेको संख्या २३ लाख ९ हजार नाघ्यो


काठमाडौं । माघ २४ गते
हाल भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा एकै दिन ११ हजार ६९९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसंगै भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ८ लाख १५ हजार २२२ पुगेको छ । त्यस्तै गएको २४ घण्टामा भारमा ९४ जनाको मृत्यु भएको छ भने हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ५४ हजार नाघेको छ । भारत कोरोना संक्रमित बढी हुने देशहरुको सुचिमा हाल दोस्रो स्थानमा रहेको छ जहाँ सक्रिय संक्रमितको संख्या १ लाख ५० हजार ४७६ जना रहेका छन् । भारतमा हालसम्म १ करोड भन्दा बढीले कोरोना जितेर घर फकिएका छन् ।

त्यस्तै कोरोना संक्रमित सबै भन्दा बढी अमेरिकामा रहेका छन् । जहाँ कुल कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख नाघेको छ भने गएको २४ घण्टामा १ लाख २६ हजार १२५ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख ७० हजार भन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५७२ जनाको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर कुल कोरोना संक्रमितको संख्या १० करोढ ५९ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या २३ लाख ९ हजार ३३ पुगेको वोल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला