×

TUNGOON

सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान नहुँने–प्रधानमन्त्री ओली


काठमाडौं । माघ २४ गते
आज नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रधानमन्त्री ओलीले प्रश्न गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो भन्दै प्रश्न गर्नु भएको हो । प्रधानमन्त्री ओलीले जनताले बन्द नभई निर्वाचन चाहेको तर्क गर्नु भएको छ ।

उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप समेत लगाउनु भएको छ । प्रधानमन्त्री ओलील सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताउनु भएको छ । जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने प्रधानमन्त्री ओलीले दाबी गर्नु भएको छ । उहाँले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिनु भयो । सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान नहुँने भन्दै सुकुम्बासीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला