×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडा्रं । माघ २५ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने योग रहेको छ भने पुनर्मिलनको हुनुका साथै बन्धु–बान्धवबाट सहयोग मिल्नेछ र दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज दाजुभाइ, दिदीबहिनीले तपाईंका सकारात्मक विचारलाई समर्थन गर्नेछन् भने पुनर्मिलनको योग रहेको छ साथै बिनाप्रतिस्पर्धा फाइदापनि हुन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्नेछ भने परोपकारमा रुचि बबढ्नुका साथै वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ र बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईनुका साथै बौद्धिक विकास होला र धार्मिक यात्राको योगपनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सरकारी निकाएको भय रहने छ भने महत्त्वपूर्ण कार्यमा व्यवधान आउनुका साथै स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज एउटै कामबाट दोहोरो लाभ मिल्नुका साथै नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ भने सांगीतिक क्षेत्रमा रुची बढ्नेछ र दाम्पत्य जीवन सुखमय हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शुभकार्यको चर्चा चल्नुका साथै नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ भने आकस्मिक धन लाभ हुनसक्छ र विश्वास गरेकाले साथ दिनेछन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै कार्यमा सफलता पाईनेछ र प्रेमीको सहयोग पाईनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मन खिन्न हुने स्थिति आउनुका साथै्र प्रेममा मनमुटावका साथै मन कमजोर रहला भने दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज समाजसेवामा मन लाग्नुका साथै आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ भने शत्रु पराजित हुनेछन् र शैक्षिक क्षेत्रमा सफलता मिल्ला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज जोश जाँगर र हिम्मत वढ्नेछ र धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ भने सन्तान सुख मिल्नुका सार्थै इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमाइलो यात्राको योग रहेको छ भने मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ साथै नयाँ कार्यको योजना बन्नेछ र आँटेको र ताकेको कार्य पुरा होला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला