×

TUNGOON

बैतडीकी किशोरी भागरथी भट्टको ह,त्या घटनाको (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलद्वारा घोर भर्त्सना


काठमाडा्रं । माघ २५ गते

बैतडीकी किशोरी भागरथी भट्टको ह,त्या घटनाको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले घोर भर्त्सना गर्नु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै उहाँले घटनाको तत्काल अनुसन्धान गरी दो,षीलाई कडा कानुनी का,रबाही गर्न माग समेत गर्नु भएको छ । आफ्नो पार्टी (नेकपा ) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयले घटनाको निन्दा गरेको र दो,षीलाई कार,बाहीको माग गरिसकेको समेत नेता रावलले स्मरणसमेत गराउँनु भएको छ ।

उहाँले घटनाको तुरून्त अनुसन्धान गरी दोषीलाई कडा कानूनी कारबाही गर्न सरकारसँग आग्रह गर्नु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेला परेकी थिइन् । मृतकका आफन्त शिवराज भट्टले भनेका थिए, ‘मृतकको शरीरभरि निलडाम र घाउ रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ब,लात्कारपछि हत्या गरिएकी किशोरी भट्टका हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गर्नु भएको छ । आज समाजिक सञ्जाल मार्फत विगतको निर्मला पन्तको जस्तो दोषीले उन्मुक्ति पाउने खालको नहोस् भन्दै नेता कोईरालाले खबरदारी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला