×

TUNGOON

महिनावारी हुँदा पेट दुखाई कम गर्ने घरेलु उपायहरु


काठमाडा्रं । माघ २५ गते

महिनावारी हुनु महिलाहरुको प्राकृतिक प्रक्रिया हो तर यस अवस्थामा कसैलार्य निकै गाह्रो हुन्छ । समयमा महिनावारी नहुने, धेरै रगत बग्ने, पेट दुख्ने, खाना नरुच्ने,टाड, छाती दुख्ने लगायतका समस्या हुन्छ । महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु,भइसकेपछि झन् धेरै दुख्ने, महिनावारीमा ढिका ढिका रगत जाने, सात दिनपछिसम्म रगत बग्नु महिनावारी हुँदाको पेटको दुखाई सामान्य हो। दुखाई कम गर्ने औषधि खाएर ठीक हुन्छ। तर यसलाई सधैँ सामान्य र प्राकृतिक हो भनेर बस्नु हुँदैन।महिनावारी सुरु भएको पहिलो दिन अलि अलि दुख्ने र दोस्रो दिनमा अलि बढी दुख्छ भने त्यसलाई सामान्य मान्न सकिन्छ।अरु समस्या नभएर महिनावारीले गर्दा मात्र पेट दुखेको छ भने तेस्रो दिनबाट कम हुँदै जाने डा। वैद्य बताउछिन्। दुखाई कम गर्न ‘हट व्याग’ पनि प्रयोग गर्न सकिन्छ।तर,महिनावारी हुनुभन्दा ७–१० दिन अगाडिदेखि दुखाई हुने, महिनावारी भएपछि अझै धेरै दुख्ने, रगत धेरै हुने, महिनावारी सुरु भएको ७–८ दिनसम्म पनि रगत नरोकिने भएमा यो अप्राकृतिक भएको बुझ्नु पर्छ।२१ दिन पछाडिदेखि ३७ दिन भित्र महिनावारी भएमा त्यो सामान्य प्रक्रिया हुन्छ। तर २१ दिन भन्दा कम अनि ३७ दिनभन्दा पछि महिनावारी हुनु असामान्य महिनावारी हुन्।यस्तै महिनावारीमा देखापर्ने रगत २ दिनभन्दा कम भयो अथवा रगत हुँदै भएन भने त्यो असामान्य हुन आउँछ ।

यस्तै महिनावारी सुरु भएको सातौँ दिनसम्म पनि रगत रोकिएन भने सामान्य मानेर बस्नुहुँदैन। महिनावारी हुँदा दुईदेखि ७ दिनसम्म रगत हुनु सामान्य हो। दुई दिनभन्दा कम रगत भएमा अथवा ७ दिन भन्दा पछि सम्म रगत हुन्छ भने त्यसलाई रोग मान्नुपर्छ।महिनावारी साधारणतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ ।महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पिडा हुन्छ । महिनावारी हुँदा प्रायलाई धेरै पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । यस्तो बेलामा खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ ।महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस को मात्रामा परिवर्तन आउने गर्दछ ।

यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । महिनावारी हुँदा पेट दुखाई कम गर्ने घरेलु उपायहरु यसप्रकार छन् ।

१ महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गन गर्र्दछ । त्यस्तै पेट दुखेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानाले तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्न गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्ने र त्यसलाई छानेर त्यसको पानी पिउनाले आराम मिल्ने गर्छ ।

२. महिनावारी भएको बेला खानाले फाइदा पुर्याउँने गर्छ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पीडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । त्यस्तै गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

३ दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले क्याल्सियमको कमीलाई पुरा गरीदिनेछ र पीडाबाट आराम मिल्नेछ । त्यस्तै महिनावारीको समयमा तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

४. एक कप पानीमा अदुवालाई काटेर उमाल्ने र थोरै नुन मिसाएर खाना खाइसकेपछि दिनको तीन चार पटक खाने गर्नाले पनि पीडाबाट मुक्ति पाउन सकिन्छ । त्यस्तै महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक हुन्छ । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

५ बिहान हरेक दिन खाली पेटमा ५० ग्राम भिजाएको खजुर खाने पानी पनि लाभदायिक हुन्छ ।त्यस्तै चुकन्दरको ताजा रस सानो गिलासको ,१ गिलास दैनिक बिहान १ महिना सम्म पिउनाले आइरन क्याल्सियम र अन्य मिनिरलसको मात्रा बढी पाइने हुँदा दुखाईलाई मद्दत पुग्दछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला