×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ २६ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने योग रहेको छ भने प्रेम सम्बन्ध कसिलो हुनेछ साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनुका साथै यात्रामा मालसामान हराउन सक्न्े छ भने सानो तिना समस्यामा अल्झिनुपर्नेछ र स्वास्थ्यमा खर्च बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धार्मिक क्षेत्रको भ्रमण हुनुका साथै आफन्तसंग भेटघाट हुनेछ भने साँझमा आधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज जटिल ठानिएको कामसमेत सम्पादन हुनुका साथै धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने योग रहेको छ भने घरमा अतिथीको आगमन हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ भने कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ र तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै रोकिएका काम पुनः सुरु हुन सक्छन् र आर्थिक कारोवारमा सफलता पाइएला भने लाभदायक यात्रा होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज महत्त्वपूर्ण कामको थालनी हुने योग रहेको छ भने लक्ष्मी प्रसन्न हुनुका साथै परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ भने नयाँ काम सुरु गर्ने समय छ र वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनुक ासाथै भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लाभदायक यात्रा हुनेछ भने ठीक समयमा सही निर्णय लिन सकिनुका साथै राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ र व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला भने नियमित खर्चसमेत बढ्ने योग रहेको छ र सहकर्मीबाट विरोध आउन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभारम्भको चर्चा चल्नेछ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय रहेको छ र सांस्कृतिक क्षेत्रमा रुची बढ्नुका साथै आँटेको काम पुरा हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज घरमा अतिथीको आगमन हुनेछ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ र भूमिबाट लाभ रहला, साथीभाइले पनि सहयोग जुटाउनेछन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला