×

TUNGOON

भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा परेका ७ जनाको शव भेटियो, १ सय २५ जना वेपत्ता



काठमाडौं । माघ २६ गते
भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा परेका ७ जनाको शव भेटिएको छ भने १ सय २५ जना वेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।

अलकनन्दामा पनि पानीको सतह बढेको छ । बाढीले चमोली जिल्लाको जलविद्ययुतको बाँधमा क्षति पुगेको छ ।राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले सामाजिक सञ्जाल मार्फत सुरक्षाकर्मीहरुले रातभर उद्धारको काम जारी राखेको जानकारी दिनु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थामा आफ्नो निगरानी रहेको र पूरा देशको साथ उत्तराखण्डलाई रहेको बताउनु भएको छ । हिमनदी फुटेपछि उत्तराखण्डका सबै जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला