काठमाडौं । माघ २६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आईतवार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ । त्यस्तै आज चाँदी भने प्रति तोलामा रु १३ सय १५ मा कोरोबार भईरहेको महासंघले जानकारी दिएको छ ।