×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस आजको राशिफल


काठमाडौं । माघ २७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै नयाँ व्यक्तिसंग भेटघाट हुने योग रहेको छ र छोटो दुरीको लाभदायक यात्रा पनि रहला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो विचार विपरित निर्णय हुनुका साथै गरेका काममा ढिलासुस्ती हुनेछ भने साझेदारीको काममा उल्झन आउने र प्रेममा दूरी समेत आउन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने तथा लगनशीलताले कामहरू अगाडी बढ्नेछन् भने साथीभाईसंग समय बित्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विपरीत वर्गप्रति आकर्षण बढ्नुका साथै सामाजिक कार्यमा सफलता मिल्ने योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ र सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेको छ भने नसोचेको ठाउँबाट धनागम हुनेछ तथा मनोरञ्जनमा सहभागीता भइनूका साथै आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् भने महिला वर्गबाट विशेष सहयोग मिल्नेछ र शिक्षामा सफलता मिल्नुका साथै महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कला, सङ्गीतमा रुचि बढ्ने योग रहेको छ भने वैदेशिक कार्य अघी बढ्नेछ र ठीक समयमा सही निर्णय लिन सकिनेछ भने घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनुका साथै समाजसेवामा मन लाग्नेछ भने शत्रु पराजित हुनेछन् र बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सहकर्मीबाट विरोध आउनुका साथै गलत निर्णय लिन पुगिएला र चोटपटकको भयछ सचेत रहनुहोला भने यात्रामा मालसामान हराउन सक्छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ र रोकिएको धन हात पर्ला भने धर्म,कर्म तथा समाजसेवामा मन लाग्ने तथा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभकार्यको चर्चा चल्नुका साथै रमणीय र सुखद यात्राको योग रहेको छ भने पार्टी तथा सेमिनारमा सहभागी भईने छ भने प्रयत्न गरे फाइदा लिन सकिनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला