×

TUNGOON

आज बिहान ताप्लेजुङको लाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गयो, कुनै क्षति नभएको स्थानीयको भनाई


काठमाडौं । माघ २७ गते
आज बिहान ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

भूकम्प गएको ठाउँ नेपालको ओलाङचुङगोला र चीनको सीमा भएको अनुसन्धान केन्द्रले जनाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन । लाङचुङगोलामा भूकम्पले कुनै क्षति नभएको र ‘हल्लाउनचाहिँ निक्कै हल्लाएको स्थानीयको भनाई छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला