×

TUNGOON

नेपाल तामाङ परामर्श संघको कार्यसमिति गठन


काठमाडौं । माघ २७ गते
काठमाडौंको स्वयम्भुस्थित तामाङ रेष्टुरेन्ट ‘कुदाप’ मा बसेको बैठकले नेपाल तामाङ परामर्श संघको कार्यसमिति गठन गरेको छ । अध्यक्षमा कुलदास मोक्तान संघको कार्यसमिति मनोनित हुनु भएको छ ।

त्यस्तै, दुई उपाध्यक्षमा अमर जंग लामा र बिनोद लामा मनोनित हुनु भएको छ । विभिन्न सिलसिलामा विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिने काम कार्यसमितिको प्रमुख उद्देश्य रहेको जनाएको छ । त्यस्तै महासचिवमा लाल बहादुर तामाङ, सचिव महेन्द्र तामाङ, प्रेम बहादुर तामाङ, कोषाध्यक्षमा उषा लामा चयन भएको समितिले जनाएको छ । सदस्यहरु जीवन लामा, मनकुमार तामाङ, प्रणेश घिसिङ, साङ्गे लामा मनोनित हुनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला