×

TUNGOON

आज अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्दै –अर्थमन्त्री विष्णु पौडेल


काठमाडौं । माघ २७ गते
अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लाग्नु भएको छ । अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

६ महिनासम्म बजेट खर्च ३० प्रतिशतभन्दा कम छ । पुँजीगत खर्च र वित्तीय व्यवस्थाका लागि छुट्याइएको खर्च १५ प्रतिशत पनि हुन नसकेको अवस्थामा यसलाई बढाउने चुनौती मन्त्रालयले देखेको छ।यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन घोषणा गरेको छ । चुनावी बजेट खर्चसमेत अहिलकै बजेट भित्रबाट व्यवस्थापन गर्नेगरी समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।अघिल्ला वर्षजस्तै यो वर्ष पनि पुँजीगत खर्चको अवस्था कमजोर देखिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला