काठमाडौं । माघ २७ गते
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको जुलुसहरू हुने स्थानमा पार्टीका नेताहरूलाई खटाएको छ।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ।

त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायत नेतालाई जिम्मेवारी दिइएको र पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले नेतृत्व गर्ने नेकपाले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो। प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन सोमबार काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिएका थिए।