×

TUNGOON

नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभा र जुलुसको समयमा ट्राफिक प्रहरीको सबै शक्ति सडकमा खटाइयो


काठमाडौं । माघ २८ गते
नेकपा प्रचण्ड–माधव पक्षको विरोध सभा र जुलुसको समयमा ट्राफिक व्यवस्थापनका लागि काठमाडौंमा ट्राफिक प्रहरीको सबै शक्ति सडकमा खटाइएको छ । जुलुस तथा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन भएका हुन् । बिहान ११ बजेदेखि २ बजेसम्म सडक व्यवस्थापनमा मुख्य समस्या हुने ट्राफिक प्रहरीको आंकलन छ । त्यस समयमा व्यवस्थापनका लागि १ हजार ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

२ बजेपछि सभा सुरु हुने हुँदा केही समय ट्राफिक व्यवस्थापन सहज हुने र फेरि ४ बजेदेखि ६ बजेसम्म केही समस्या हुने महाशाखाले जनाएको छ । जुलुसको रुट परेको सडकमा वैकल्पिक मार्गको प्रयोग गर्न पनि महाशाखाले अनुरोध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीका अनुसार उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि ठूला सवारीलाई चक्रपथ बाहिर नै रोकिएको छ । उपत्यकाभित्रका सडकहरुमा डाइभर्सन गरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला