×

TUNGOON

माईतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट प्रचण्ड– माधवको समूहको विरोध जुलुस सुरु


काठमाडौं ।माघ २८ गते
नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकाल्ने क्रम सुरु भएको छ ।माईतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराइले जानकारी दिए । पाँचै स्थानको जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुनेछ ।

यसैबीच सभाका लागि काठमाडौँको बसपार्क, राष्ट्रिय सभा गृह र भद्रकालीको बीचमा टी आकारमा बस्न मिल्ने गरी मञ्च तयार गरिएको छ । सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । आजको विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्ने तयारी छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला